खेलबाट रेमिट्यान्स भित्र्याउन गोल्डकपको महत्व छ: बागमती गा पा अध्यक्ष घलान

छहारी संवाददाता
माघ ८, २०८०

मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले खेलको विकाससंगै देशको विकासका लागि गोल्डकप महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।

सोमबार बागमती गाउँपालिका खेलकुद विकास समितीले  आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले खेलकुदको विकास गरि खेलाडीलाई बाहिर खेल्न पठाएर देशमा रेमिट्यान्स भित्र्याउनका लागि गोल्डकप महत्त्वपूर्ण रहेको बताउनुभयो । तसर्थ गाउँपालिकाले उत्कृष्ट पुरस्कार राशी राखेर बागमती गोल्डकपको आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।

अध्यक्ष घलानले खेलतर्फ दुरदराजका खेलाडीलाई आकर्षित गर्ने र सक्षम खेलाडी उत्पादन गर्ने उदेश्यले गोल्डकपको आयोजना गरिएको बताउनुभयो । उहाँले खेलकुदको विकासको लागि प्रशिक्षकहरु नियुक्ती, खेल मैदान स्तरिकरण र प्याराफिट बनाउने योजना बनाइरहेको समेत बताउनुभयो । उहाँले राष्ट्रिय खेलाडी उत्पादनका लागि प्रशिक्षण दिएर तयार पार्न पालिका लागिपरेको बताउदै पालिका स्तरिय महिला टिम समेत तयार पारिसकेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बागमती गाउँपालिका खेलकुद विकास समतिका अध्यक्ष टिकालाल श्रेष्ठले बागमती गोल्डकपमा ६९ लाख ६० हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको बताउनुभयो । उहाँले यसपटक प्रथम पुरस्कार राशी ८ लाख बाट १० लाख बनाइएको र द्धितिय पुरस्कार राशी ४ लाख बाट ५ लाख बनाइएको जानकारी दिनुभयो । गतबर्षको पाचौं बागमती गोल्डकपमा भुटनिज स्पोर्टसु क्लबले प्रथम उपाधी र संकटा युवा काडमांडौंले द्धितिय उपाधी प्राप्त गरेका थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*