सडक विस्तारमा राजनिती नगर्न बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको सुझाव

छहारी संवाददाता
पुस २१, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफु हेटौंडाको सडक विस्तारको पक्षमा रहेको बताउनुभएको छ ।

शनिबार मकवानपुर उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले आफु सडक विस्तारको पक्षमा रहेपनि यो विषय प्रदेश सरकारको क्षेत्राधिकार भित्र नपर्ने बताउनुभयो ।

सडक विस्तारको विषय अब टुंगिनु पर्ने भन्दै उहाँले धेरै गिजोलेर राजनितीक एजेण्डा नबनाउन सुझाव दिनुभयो । उहाँले प्रतिपक्षी दललाई ईंगीत गर्दै सडकमा राजनिती नगर्न समेत सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले प्रधानमन्त्रीका कारण देशभरी नै नैराश्यता छाएको भन्ने प्रशंगमा जवाफ दिंदै मुख्यमन्त्री जम्कट्टेलले प्रधानमन्त्री निराशा रत्तीभर पनि नरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डको सोचबाट नै विकास र समृद्धी सम्भव रहेको ठोकुवा गर्नुभयो ।

कार्यक्रममा प्रतिपक्षी दल नेकपा एमालेका सचेतक तथा सघीय सांसद महेश बर्तौलाले सरकार मंचमा हुँदा सबै निश्केर बाहिर जानुले उद्योगी व्यवसायीको नैराश्यता प्रष्ट हुने टिप्पणी गर्नुभयो । सरकारले व्यवसायीहरुलाई लगानी मैत्री वातावरण बनाउन अत्यावश्यक रहेको भन्दै उहाँले च्याखेदाउ खेलेर नबस्न सरकारलाई चेतावनी दिनुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारण सभामा रक्तदान कार्यक्रम समेत गरिएको थियो । रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुरमार गुप्ता अग्रवालको अध्यतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, संघीय सांसद दिपक सिंह, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुअ जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सिताराम रिजाल, विभिन्न जिल्लाका उद्योग वाणिज्य संघ पदाधीकारीहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*