बागमती प्रदेश भ्रमण वर्ष, २०२४ को शुभारम्भ

छहारी संवाददाता
पुस १६, २०८०

बागमती प्रदेश भ्रमण वर्ष, २०२४ को शुभारम्भ गरिएको छ ।  बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी पर्यटन भ्रमण वर्षको शुभारम्भ गरिएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले विगतका वर्षहरुमा भन्दा धेरै पर्यटक भित्रयाएर पर्यटन व्यवसयालाई सुदृढ गर्ने उदेश्यले भ्रमण वर्ष मनाउन लागेको जानकारी दिनुभयो । पर्यटनका लागि बजेट कम रहेपनि माग भइरहेको उहाँले बताउनुभयो । पर्यटन व्यवसाय प्रवद्र्धन गर्न मन्त्रालयले नाइट टुरिजम (रात्रीकालिन पर्यटन)को कन्सेप्ट ल्याउने उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव गोविन्द रिजालले पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गरिने र यसको प्रचार प्रसारमा व्यापकता दिइने बताउनुभयो । मन्त्रालयले विगतमा कोभिड १९ को महामारी तथा अन्य विभिन्न कारणले सुस्ताएको पर्यटन क्षेत्रलाई पूनः जीवन्त र गतिशिल बनाउन र बागमती प्रदेशको भ्रमण गर्ने सबै पाहुनालाई यस प्रदेशको विविधताका बारेमा स्वः अवलोकन र मूल्याङ्कन गर्ने वातावरण निर्माण गर्न समेत भ्रमण वर्ष सफल हुने अपेक्षा राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*