हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

छहारी संवाददाता
पुस १६, २०८०

राष्ट्रियसभा सदस्य निर्वाचन २०८० का लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

सोमबार हेटौंडा–५ मा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट चार जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने प्रमुख निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यसका लागि यहि पुष २० गतेबाट निर्वाचन प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो । २० गते मतदाता नामावली प्रकाशन तथा दाबी विरोध, २१ र २२ गते दाबी विरोध उपर छानविन तथा कार्वाही र २२ गते अन्तिम नामावली प्रकाशन गर्ने प्रमुख कार्कीले बताउनुभयो ।

 

यस्तै २३ गते उम्मेद्वारको मनोनयन पत्र दर्ता तथा सूची प्रकाशन, २४ गते उम्मेद्वारको विरोधमा उजुरी, २५ र २६ गते मनोनय पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेद्वारको नामावली प्रकाशन, २७ गते उम्मेद्वारले नाम फिर्ता लिने तथा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र २८ गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको प्रमुख निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो ।

यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै सुरक्षा अंगलाई सक्रिय राख्ने बताउनुभयो । पत्रकारहरुसंग कुरा गर्दै उहाँले छुट्टै निर्वाचन विषेश सुरक्षा योजना बनाएर सुरक्षा दिने बताउनुभयो ।


बागमती प्रदेशमा ११० जना प्रदेशसभा सदस्य र २ सय ३७ जना स्थानीय तहका सदस्य गरी ३ सय ४७ जना मतदाता रहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडा–४ स्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको ‘एफ’ ब्लकमा मतदान हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*