प्रदेश सरकारले संसद्लाई छल्न खोजिरहेको एमाले बागमती प्रदेश संसदीय दलको आरोप

छहारी संवाददाता
पुस ४, २०८०

नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारले संसद्लाई छल्न खोजिरहेको आरोप लगाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संसद नबोलाएर सरकारले संसलदलाई छल्ने काम गरेको आरोप लगाउनुभयो । जनताका प्रत्यक्ष सरोकारका विषय अस्पतालको सेवा चुस्तदुरुस्त हुनु पर्ने, सडक निर्माण लगायतका कुरामा प्रदेश सरकार गम्भिर हुन नसकेको उहाँको आरोप छ ।

पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश संसदीय दलको बैठकको निष्कर्ष र वर्तमान राजनीतिक अवस्थाका विषयमा जानकारी गराइएको थियो । बैठकको निश्कर्ष सार्वजनिक गर्दै एमालेले सरकार आश्वासन मात्र दिने काम गरेको टिप्पणी गरेको छ । प्रमुख प्रतिपक्षि र विपक्षि दलहरुले संसदमा पटक पटक उठाएका आवाजहरु सम्बोधन नगरिएको उसको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*