मानव सेवा आश्रमको अभियानमा सधैं साथ सहयोग गर्न बागमती प्रदेश प्रतिबद्ध छः मुख्यमन्त्री जम्कट्टेल

छहारी संवाददाता
मंसिर ३०, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मानव सेवा आश्रमको अभियानमा प्रदेश सरकारको सधैं साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शनिबार मानव सेवा आश्रमको हेटौंडा–९ लामसुरेमा नवनिर्मित मुख्य कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसअघि पनि बागमती प्रदेश सरकारबाट मानव सेवा आश्रमलाई विभिन्न शिर्षकमा ४ करोड भन्दै बढी रकम सहयोग भइसकेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सडकबाट उद्धार गरिएका वृद्धवृद्धा र आश्रममा जन्म लिएका बालबालिकाको नागरिकताको विषयमा गम्भिर भएर सोच्नु पर्ने बताउनुभयो । यसको समाधानमा संघिय सरकारको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै उहाँले बागमती प्रदेश सरकारले समन्वयको प्रयास गरिरहेको बताउनुभयो ।

मानव सेवा आश्रमको हेटौंडा–९ लामसुरेमा नवनिर्मित मुख्य कार्यालय भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको हो । मानवसेवा आश्रमको भवन १३ करोड ८१ लाख ६६ हजार ५ सय ८० रुपैयाँ लागतमा निर्माण भएको हो । आश्रमले हालसम्म ९ हजार ७९ जनाको उद्धार गरेकाछ । आश्रममा हाल १८ जना बालक तीनजना बालिकासहित दुई सय चारजना आश्रित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*