मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति १० हजार नगद उपलब्ध हुन्छः प्रधानमन्त्री प्रचण्ड

छहारी संवाददाता
मंसिर ३०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव सेवा आश्रमलाई सरकारले गर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।

शनिबार मानव सेवा आश्रमको हेटौंडा–९ लामसुरेमा नवनिर्मित मुख्य कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सातै प्रदेशमा भवन निर्माण तथा उद्धार लगायतका कामका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

प्राविधीक कारणले ढिला भएको बताउँदै उहाँले मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्ध गराउने प्रक्रिया सहमती गराइसकेको जानकारी दिनुभयो । उहाँले आश्रमले मानवता प्रवद्र्धनको पुण्य अभियानका लागि काम गरिरहेकाले आफू उपस्थित भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले जनतालाई सार्वभौम बनाउने कुरा र शिक्षा, स्वास्थ्य, रोजगारीबाट कोही पनि बञ्चित हुनुपर्ने छैन भन्ने घोषणामा सरकार अझै गम्भिर हुन नसकेको स्विकार्नुभयो । यथार्थमा सरकारले गर्नुपर्ने काम मानव सेवा आश्रमका अभियन्ताहरुले गरेको भन्दै उहाँले धन्यवाद दिनुभयो ।

शनिबार उद्घाटन भएको मानवसेवा आश्रमको भवन १३ करोड ८१ लाख ६६ हजार ५ सय ८० रुपैयाँ लागतमा निर्माण भएको हो । आश्रमले हालसम्म ९ हजार ७९ जनाको उद्धार गरेकाछ । आश्रममा हाल १८ जना बालक तीनजना बालिकासहित दुई सय चारजना आश्रित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*