मुल्य अभिवृद्धि करको विजक जारी गरेर मात्र मालसामान ढुवानी गर्न गाडी धनीहरुलाई नारायणी यातायात व्यवसायी कम्पनीको आग्रह

छहारी संवाददाता
मंसिर २२, २०८०

नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि. ले मुल्य अभिवृद्धि करको विजक जारी गरेर मात्र मालसामान ढुवानी गर्न गाडी धनीहरुलाई आग्रह गरेको छ ।
शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी कम्पनीका अध्यक्ष गोकर्ण पराजुलीले मुल्य अभिवृद्धि करको विजक जारी गरेर मात्र मालसामान ढुवानी गर्न आग्रह गर्नुभएको हो । सुरुवाती समयमा मूल्य अभिबृद्धि करको विजक सवारी धनीको तर्फबाट जारी भइ सामान ढुवानी भइरहेपनि केहि समयदेखि उद्योगी व्यापारीहरुले विजक गाडी धनिको तर्फबाट काट्न नमानेको बताउनुभयो ।

उहाँले सामान ढुवानी गर्दा अनिवार्य भ्याटमा दर्ता गरेर मात्र ढुवानी गर्ने नियम भएपनि धेरैले यो नियम कार्यान्वयन नगर्दा भ्याट तिर्दै आएका यातायात व्यवसायीहरु भने समस्यामा परेको बताउनुभयो ।

अध्यक्ष पराजुलीले सम्बन्धित निकायबाट मुल्य अभिवृद्धि करको विजक शतप्रतिशत लागु गराउने व्यवस्था नगरिए सवारी धनीले आन्तरीक राजश्व कार्यालयमा दर्ता गराएका प्रमाणपत्रहरु खारेज गर्ने ब्यवस्था हुनु पर्ने माग गर्नुभयो ।

कम्पनीमा आवद्ध ट्रकहरुले लामो समय देखी मालसामान ढुवानी गरीरहेको सन्दर्भमा आर्थिक वर्ष २०८०र०८१ देखि आन्तरीक राजस्व कार्यालयमा दर्ता गरी मूल्य अभिबृद्धि करको विजक जारी पश्चात ढुवानी गर्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*