सरकारी र निजी विद्यालयलाई सरकारले समान रुपले हेरेनः एमाले बागमती प्रदेश संसदिय दलका नेता थपलिया

छहारी संवाददाता
मंसिर २२, २०८०

नेकपा एमाले बागमती प्रदेश संसदिय दलका नेता जगन्नाथ थपलियाले सरकारी विद्यालय र निजी विद्यालयलाई सरकारले समान रुपले नहेरेको आरोप लगाउनु भएको छ ।

शुक्रबार नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशको प्रथम अधिवेशलाई सम्बोधन गर्दै उहाँले सरकारले शिक्षा प्रतिष्पर्धामा चाहने हो भने सरकारी र निजी दुवै विद्यालयलाई समान व्यवहारको वातावरण बनाउनु पर्ने बताउनुभयो । संसदिय दलका नेता थपलियाले फरक प्रसंगमा अब देशको स्थिती जटिल अवश्थामा जान लागेको बताउनुभयो ।

सरकारले केहि गर्न नसकेको स्विकारेको भन्दै उहाँले अब शिक्षक, डाक्टर, मजदुर सबैले सोच्नु पर्ने बेला आएको बताउनुभयो । शुक्रबारबाट हेटौंडामा सुरु भएको शिक्षक संगठन बागमती प्रदेशको प्रथम अधिवेशनबाट ३५ सदस्यीय बागमती प्रदेश समिति र तीन जना केन्द्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

शनिबारसम्म चल्ने अधिवेशनमा प्रदेशभित्रका १३ जिल्लाका करिब ६ सय जना प्रतिनिधि सहभागी छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*