लैङ्गिक हिंसा विरुद्ध हेटौंडामा गीति नाटक प्रदर्शन

छहारी संवाददाता
मंसिर २१, २०८०

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत हेटौंडामा गीति नाटक प्रदर्शन गरिएको छ ।

बिहीबार हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजना तथा सामुदायिक सेवा उपकेन्द्र बसपार्क, साना हातहरु नेपाल मकवानपुर ,माइती नेपाल मकवानपुर र हिमराइटस मकवानपुरको समन्वयमा हेटौंडा बसपार्कमा गीति नाटक प्रदर्शन गरिएको हो । हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य साधना श्रेष्ठको सभाअध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला समन्वय समिती पुर्व प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।

गीति नाटकद्वारा बोक्सीको आरोपमा समाजले दिएको पीडा, महिला माथी हुने जबर्जस्ती करणीका घटना, समाजमा रहेको कुसंस्कार, विभिन्न कुसंस्कारको कारण महिलाले भोग्नु पर्ने दुख, समाजमाअपाङ्गता भएका व्यक्तिको समस्या, यातायातमा यात्राको क्रममा महिला माथी हुने हिंसा जस्ता समाजका विकृतिलाई गीति कथा मार्फत देखाइ समाजमा चेतना जगाउन खोजिएको थियो ।

गीति नाटक प्रदर्शन कार्यक्रममा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे तामाङ, सामुदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्कका अध्यक्ष प्रदिप कडेल,माइती नेपाल कार्यालय संयोजक माया लामा, साना हात नेपाल मकवानपुर शाखा कार्यालय स्टेसन म्यानेज डिकम्बल रुपाचा,नारी संरक्षण केन्द्रकी अध्यक्ष दिपा गुरुङ, कोसिसकी सुमिरा लामा, मानव अधिकार संघ मकवानपुरकी अध्यक्ष सर्मिला श्रेष्ठ, भुटनदेवी युवा क्लब अध्यक्ष सविन तामाङ लगयत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको एक्यवद्धताू भन्ने नाराका साथ लैङ्गिक हिंसा रोकथामका लागि मंसिर ९ गते देखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मकवानपुरमा विभिन्न संस्थाहरु मार्फत लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रमहरु भइरहेको छ। मंसिर ९ गतेबाट सुरु भएको अभियान २४ गते विभिन्न कार्यक्रम गरी अन्त्य हुने जनाएइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*