विप्लव नेतृत्वको नेकपाको देशव्यापी जनप्रदर्शन, हेटौंडामा र्याली तथा कोण सभा

छहारी संवाददाता
मंसिर २१, २०८०

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी जनप्रदर्शन गरेको छ ।

महासचिव विप्लव सहितका नेताहरू विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि नेकपाले पूर्वघोषित कार्यक्रम अनुसार बिहिबार देशव्यापी जनप्रदर्शन गरेको हो । यसैक्रममा नेकपाले बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोक देखि सिमा चोकसम्म र्याली तथा कोण सभाको आयोजना गरेको हो । कोणसभालाई नेकपा मकवानपुरका नेताहरुले सम्बोधन गरेका थिए ।

२०७६ पुसको मुद्दा ब्यूँताएर अदालतले महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र पोलिटब्युरो सदस्य माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेपछि नेकपाले तीन दिने आन्दोलनको घोषणा गरेको हो । काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राज्यविरूद्धको कसुरमा उनीहरुविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ ।

अदालतको उक्त कदमविरुद्ध नेकपाले मंगलबार साँझ देशभर मसाल जुलुस निकालेको थियो भने बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीशको पुत्ला दहन गरेको थियो । विप्लवले अदालतको उक्त कार्य २०७७ फागुन २१ गते भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन भन्दै बाँकी समस्यालाई शान्तिपूर्ण निकास दिन भइरहेका गम्भीर पहलमाथिको हमला भन्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*