बसामाडीको जेसीज सप्ताह सुरु
राजकुमार के.सी. / बसामाडी जेसीजको नियमित कार्यक्रम अन्तरगत जेसीज सप्ताह सुरु भएको छ ।
बुधबार हेटौंडाको फुटसल मैदानमा मैत्रीपूर्ण फुटसल प्रतियोगितासंगै सप्ताहब्यापी कार्यक्रमको उद्घाटन गरिएको हो । प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा र नेपाल जेसीज बर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सरोज अधिकारीको बिशेष आतिथ्यतामा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता एवम् सप्ताहब्यापी कार्यक्रमको उद्घाटन कार्यक्रममा बस्तीपुर जेसीजका अध्यक्ष प्रेमबहादुर गोङ्बा, प्रस्तावित चैनपुर जेसीजका अध्यक्ष गणेश दर्पण अधिकारी, प्रस्तावित मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनी, हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष अमृत बर्ताैलाको आतिथ्यता रहेको थियो ।
त्यस्तै बुधवार नै हेटौडा १६ मा रहेको जनप्रिय माबि हटियाका लागुपदार्थ दुर्ब्यसन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
उक्त बिद्यालयका कक्षा ८, ९ र १० का बिद्यार्थीहरुको सहभागिता रहेको सचेतना कार्यक्रममा मकवानपुर रिकभरी ग्रुपका उद्वब के.सी.ले विद्यार्थीहरुलाई लागुपदार्थ दुर्ब्यसन विरुद्ध प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम नेपाल जेसीज बर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सरोज अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।
उक्त कार्यक्रममा जनप्रिय माबि हटियाका सहप्राध्यापक राम आशिष मण्डल, शिक्षक रबिन श्रेष्ठको आतिथ्यता रहेको थियो ।
बसामाडी जेसीज बर्ष २०२३ का अध्यक्ष जनक भण्डारीको अध्यक्षतामा भएको दुबै कार्यक्रमा कार्यक्रम संयोजकहरु मनिष खड्का, ध्रुव गौतम्, सह-मूल कार्यक्रम संयोजकहरु तथा उपाध्यक्ष परमेश्वर पौडेल, जे.पी. यादव, मूल कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष जेसी उद्धवराज कठायत लगायत जेसीजका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
सप्ताह कार्यक्रम अन्तरगत मंसिर २१ गते बिहीबार परिवार नियोजन संघको कार्यालयमा प्रजनन तथा परिवार नियोजन सम्वन्धि अन्तरक्रिया कार्यक्रम र हाम्रो घर हेटौंडा ५ मा बालबालिकासंग जेसीजको सहयोगी हात कार्यक्रम सञ्चालन हुने बसामाडी जेसीज बर्ष २०२३ का तालिम संयोजक बुद्धराज अर्यालले बताउनुभयो ।