मातातिर्थ-चखेल सडक र वीर फाखेल पार्कको काम छिटो सक्न साँसद वर्तौलाको निर्देशन

छहारी संवाददाता
मंसिर २०, २०८०

मकवानपुर क्षेत्रनम्बर–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश वर्तौलाले हेटौंडा काठमाडौ छोटो मार्ग अन्तर्गत पर्ने मातातिर्थ(चखेल सडक र इन्द्रसरोवर गाउँ पालिका ४ मा निर्माणाधिन वीर फाखेल मैत्री पार्कको काम छिटो सक्न निर्माण व्यवसायी शिव चौलागाईंलाई निर्देशन दिनु भएको छ ।

आज बुधबार साँसद वर्तौलाले उनै निर्माण व्यवसायी चौलागाईंलाई उच्च रफ्तारमा काम सम्पन्न गर्न नेकपा (एमाले) संसदीय दलको कार्याल, सिंहदरबारमा बोलाएर निर्देशन दिनु भएको छ ।

यी दुबै परियोजनाको निर्माण सम्बन्धि काम एउटै निर्माण व्यवसायीको जिम्मेवारीमा परेको छ । सो क्रममा व्यवसायीले कामको सेड्युल बनाएरै आफुले छिटो भन्दा छिटो काम सम्पन्न गर्छु भनेर निर्माण व्यवसायीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*