पाँच जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गर्ने बागमती प्रदेश सरकारको निर्णय

छहारी संवाददाता
मंसिर २०, २०८०

बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले पाँच जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ ।

बुधबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले कर्मचारी बढुवा र प्रदेश आयोजनाको बहुवर्षे ठेक्का सम्बन्धि मापदण्ड २०८० स्वीकृत गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठक पछि पत्रकारसंग कुरा गर्दै उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले पाँच जना कर्मचारीलाई अधिकृत स्तर ११ औँ तहमा बढुवा, नियुक्ति र पदस्थापन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारी ऐन २०७९ अनुसार स्वास्थ्य तर्फ दीपक तिवारी, वसन्त अधिकारी, डा। अर्जुन प्रसाद सापकोटा र डा। नरेन्द्र कुमार झालाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो । यस्तै शिक्षा सेवा तर्फ दिपेन्द्र सुवेदीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*