मनहरी ६ को आयोजनामा निकुञ्ज र सरोकारवालाबिच अन्तरक्रिया

छहारी संवाददाता
मंसिर १९, २०८०

मनहरी गाउँपालिका वडा नं ६ को कार्यालयले राष्ट्रिय निकुञ्ज र सरोकारावालाबिच अन्तरक्रिया कार्यक्रम गरेको छ ।

मंगलबार वडा कार्यालय भवनमा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु र मध्यवर्ती वन समितीका पदाधीकारीहरुबिच अन्र्तकृया गरिएको हो । अन्तरक्रियामा विशेषगरि वन्यजन्तुबाट स्थानीयहरु त्रसीत भएको र निकुञ्जले बेवास्ता गरेको गुनासो गरेका थिए । पछिल्लो एक सातामा मात्रै बाघको आक्रमणबाट २ जनाको मृत्यु भएपछि निकुञ्जको चौतर्फी आलोचना बढेको स्थानीयको भनाई छ ।

यसअघि पनि स्थानीयहरुले विरोध गरेपनि विशेषगरी वन्यजन्तुले मानिसहरुको ज्यान लिएपछि बढि आक्रोशीत हुने गर्दछन् । निकुञ्ज प्रशासनको ध्यान ढुङ्गा, गिटि, बालुवा र खोलानाला मात्र भएकाले वन्यजन्तुले मानिसको जनधनमा पुर्याएको क्षतीमा बेवास्ता गरेको स्थानीयको बुझाई छ । कार्यक्रममा ६ नं वडाअध्यक्ष युवराज थपलियाले नागरीकको अफ्ठ्यारोमा निकुञ्ज प्रशासन मौन रहेको जिकिर गरे ।

यस्तै चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्त बहादुर मगरले जनचेतनामुलक कार्यक्रम गरी जनतालाई सचेत बनाउन आवश्यक रहेको बताए । सिमित श्रोत र ऐनको बाध्यताले आफुहरुले केहि गर्न नसकेको भन्दै माथिल्लो स्तरमा कुरा राखी आवश्यक समन्वयकारी भुमिका निर्वाह गर्ने उनको भनाई थियो ।

यता गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले दिर्घकालीन समाधानको बाटो खोज्नुपर्ने बताए । चितवन लगायतका क्षेत्रहरुमा आरसिसि पर्खाल निर्माण गरीएको उदाहरण दिँदै छिट्टैनै संघ तथा प्रदेस सरकारसँग समन्वय गरी आवश्यक वजेटका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*