बागमती प्रदेशको सर्वदलीय बैठक निष्कर्ष विहिन

छहारी संवाददाता
मंसिर १७, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बोलाउनु भएको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ ।

संसदीय सभापति चयन र बजेट पारित गर्दा प्रतिपक्षसँग भएको सहमति कार्यान्वयनका विषयमा छलफल गर्न बसेको बैठकमा सहमति जुटेन नसकेपछि बिना निष्कर्ष सकिएको हो ।

बैठकपछि पत्रकारसंग कुरा गर्दै नेकपा एमाले संसदीय दलका जगन्नाथ थपलियाले बैठकमा सरकार गैरजिम्मेवार बनेकाले कुनै सहमति जुट्न नसकेको बताउनुभयो । मुख्यमन्त्रीले एनजीओ शैलीमा सरकार चलाउन खोज्दा समस्या भएको उहाँले बताउनुभयो ।

एकीकृत समाजवादी संसदीय दलको नेता कृष्ण प्रसाद शर्मा खनालले भने सबैको कमजोरीका कारण बैठक विना निष्कर्ष सकिएको बताउनु भएको छ । सरकार र प्रतिपक्ष दुवै समस्या समाधान भन्दा पनि समस्या बढाउनेतिर केन्द्रित रहेको उहाँले बताउनुभयो । सर्वदलीय बैठकमा संसदीय समितिका सभापति चयनको विषयले भने प्रवेश नै नपाएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*