हेटौंडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिता जारी

छहारी संवाददाता
मंसिर १४, २०८०

बागमती प्रदेशको राजधानी हेटौंडामा ‘हेटौंडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ जारी छ ।

नेपाल बुद्धिचाल महासंघको विशेष प्रस्तुती तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगितमा ४ देशका ८५ खेलाडीले सहभागिता जनाएका छन् ।

तेस्रो राउण्ड समाप्त हुँदा २३९३ रेटिङ भएका यस प्रतियोगिताका शीर्ष वरियताका भारतीय खेलाडी सुभयान कुण्डुले तेस्रो चरणमा नेपाली युवा अण्डर–१५ खेलाडी पुरुषोत्तम सिलवाल माथी जीत निकाल्दै ३ अंक जोडी शतप्रतिशत अंक प्राप्त गर्न सफल हुनुभएको छ ।

यस्तै अर्का नेपाली युवा खेलाडी ईन्जिनियर तथा एरिना आईएम सुश्रुत दाहाललाई मात दिदै दोस्रो वरियताका बंगलादेशी आईएम मोहमद मिजाउदिन पनि ३ अंक बटुुल्न सफल भएका छन् । समान ३ अंकका साथ बंगलादेशी एफएम द्वोय मोहमद सरिफ होसैन र नयेम हक भारतीय एफएम अर्बिन्देर प्रित सिंह, एरिना एफएम सौरभ चौबे, श्रयण मजुम्दार र अमरदीप बर्ट्टके अग्रपंतिमा रहन सफल भएका छन् ।

बंगलादेशी अन्तराष्ट्रिय मास्टर (आईएम) अबु सुफियान शकिल भारतीय १७६३ रेटिङ भएका कमद मिश्रसंग बराबरमा रोकिए । दुवैको समान २.५ अंक रहेको छ । यस्तै बंगलादेशी एफएम देवराज चतर्कीलाई दोस्रो झड्का दिँदै भारतीय खेलाडी राज देव, राहुल गुरुङ र फतिमा मरीउम समान साढे दुई अंकका साथ पछ्याउँदै छन् ।

वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, श्रीलंकन महिला अन्तराष्ट्रिय मास्टर (डब्लुएफएम) सचिनी रानासिंघे, पुरुषोत्तम सिलवाल, एआईएम सुश्रुत दाहाल, एफएम अहमेद शेख नासिर, पुर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाई, युवा खेलाडी शुभम् श्रेष्ठ, राजन सुवेदी, मोहित कुमार सोनी, आसुतोष कुमार, अमित धोङ्दियाल, मोहमद रसिद सिद्दिकी, पंकज बोर्से, अक्षत नेगी, आशिष राई, आदित्य बर्कते, झिल्के मोक्तान, सोम्यजित दास, देवौस्निक डे, अमन कुमार, आर्तिन्जय साह, धिरेन राई, अभिनव चौहान र कृष्ण सिग्देल समान २ अंकका बनाउन सफल भएका छन्।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भारतका ५४, नेपालका २४, बंगलादेशका ६ र श्रीलंकाका एक खेलाडी सहभागी छन् । प्रतियोगितामा स्विस लिग प्रणाली अन्तर्गत ९ खेल खेलाइनेछ ।

कुल ५ लाख ८७ हजार ५ सय नगद पुरस्कार रहेका प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख २५ हजार रुपैयाँ, द्वितीय हुनेले ७५ हजार, तृतीय हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्ने मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै चौथो हुनेले २५ हजार, पाँचौंले २० हजार, छैटौंदेखि दशौंसम्मलाई नगद १५ हजार रुपैयाँ र एघारौंदेखि पन्ध्रौंसम्मलाई नगद ११ हजार रुपैयाँ प्रदान गरिने कार्यक्रम संयोजक तथा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघको महासचिव धरम बहादुर लामाले जानकारी दिनुभयो । बुधबारबाट सुरु भएको प्रतियोगिता मंसिर १७ गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*