बागमती प्रदेश सरकारः नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत

छहारी संवाददाता
मंसिर १२, २०८०

बागमती प्रदेश सरकारले नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० लाई स्वीकृत गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले जानकारी दिनुभयो । मानव सुचांक भन्दा तल परेका वडामा यो कार्यक्रम लागू गरिने मन्त्री लामाले बताउनुभयो ।

यस्तै बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यन्याधिबक्ताको कार्यालय, प्रदेश सभा सचिवालय, सामाजिक विकास मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालयको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । साथै बैठकले मानव बेचविखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेश स्तरीय संरक्षण सम्बन्धी नीति २०८० तथा बागमती प्रदेश बालबालिका सम्बनधी निती स्वीकृत गर्ने निर्णय गरेको मन्त्री लामाले जानकारी दिनुभयो ।

बैठकको प्रदेशका १३ जिल्लामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मातहत रहने गरी थप ९ स्थानमा प्रदेश लेखा इकाई कार्यालय स्थापना गर्ने निर्णय भएको मन्त्री लामाले जानकारी दिनुभयो । सरकारको लेखा व्यवस्थापन, सहज रुपमा सेवा प्रवाह पु¥याउने उद्देश्यले प्रदेश लेखा इकाई कार्यालय स्थापनाको निर्यय गरिएको मन्त्री लामाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*