प्रधानमन्त्री स्वतः विश्वविद्यालयको कुलपती हुने व्यवस्थाको अन्त्य गर्छौंः अनेरास्ववियुका नवनिर्वाचित अध्यक्ष बुढाथोकी

छहारी संवाददाता
मंसिर १०, २०८०

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागमती प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष लालबहादुर (एलबी) बुढाथोकीले अब आफ्नो ध्यान शैक्षिक मुद्धामा केन्द्रित हुने बताउनु भएको छ ।

नेशनल गोल्ड टेलिभिजनसंग कुरा गर्दै उहाँले संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको शिक्षाका मुद्धाहरुमा केन्द्रित भएर अघि बढ्ने बताउनुभयो । निशुल्क शिक्षा आफुहरुको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष बुढाथोकीले प्रधानमन्त्री स्वतः रुपमा विश्वविद्यालयको कुलपती हुने व्यवस्थाको अन्त्य गर्ने समेत बताउनु भएको छ । भागबन्डाको आधारमा नभई प्रतिष्पर्धाको आधारमा कुलपती नियुक्ती हुनुपर्छ भन्ने अनेरास्ववियुले आवाज बुलन्द गर्ने बताउनुभयो ।

शनिबार हेटौँडामा भएको एमालेको भ्रातृ संगठन अनेरास्ववियुको प्रथम अधिवेशनले बुढाथोकीको नेतृत्वमा ९ पदाधिकारीसहित ४९ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षहरूमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुडासैनी रहनस भएको छ ।

यस्तै, सचिवमा प्रकाश कालाखेती, सहसचिवमा प्रशान्तजंग पाण्डे, पवन तामाङ र जिपछिरिङ शेर्पा चयन हुनु भएको छ भने कोषाध्यक्षमा अमृत बर्तौला र कार्यालय सचिवमा लक्ष्मण सिलवाल चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*