उद्योग निती नै स्पष्ट नरहेको बागमती प्रदेशका उद्योगमन्त्री चित्रकारको भनाई
बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्योग निती नै स्पष्ट नरहेको बताउनु भएको छ ।शनिबार हेटौंडामा आयोजित उद्योग व्यवसाय संचालन नितीगत जटिलता र समस्याहरु विषयक अन्तरक्रियामा उहाँले प्रष्ट निती निर्माण नहुँदा समस्या भइरहेको बतउनुभयो ।
नवौं उद्योग दिवसरका अवसरमा आयोजित अन्तरक्रियामा उद्योगीहरुले सरकारले उद्योगमैत्री वातावरण बनाइदियोस् भन्ने अपेक्षा राखेको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईले उद्योग दर्ता गर्दादेखि नै झन्झट बेहोर्नु पर्ने भन्दै दोहोरो कर निती बन्द गर्न आग्रह गर्नुभयो ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौडा र घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको आयोजनामा स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान भन्ने नाराका साथ उद्योग दिवस मनाइएको छ ।