प्राध्यापकको पेनडाउनले २०१ जना विद्यार्थीको पढाई प्रभावित

छहारी संवाददाता
मंसिर ८, २०८०

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरूले तलब भत्ता नपाएको भन्दै पठनपाठन ठप्प पारेका छन् ।

तीनमहिना देखि तलब भत्ता नपाएको भन्दै प्राध्यापकहरु विरोधमा उत्रिएपछि प्रतिष्ठानमा अध्यनरत २ सय १ जना विद्यार्थीको पढाइ प्रभावित भएको छ । प्राध्यापकहरुले कार्तिक २२ गतेदेखि पेन डाउन गरेका हुन् ।

प्राध्यापक कण्याणकारी समितिका अध्यक्ष विश्वास सापकोटाले पठनपाठन रोकोर विरोधमा उत्रिनु आफुहरुको बाध्यता भएको बताउनुभयो । उहाँले तलब रोकिदा दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुगेको गुनासो गर्नुभयो ।

प्रदेश सरकारले छात्रवृत्ति बापतको रकम प्रतिष्ठानमा नआउँदा प्राध्यापकहरूको तलब भत्ताको रकम भुक्तानी दिन समस्या भएको प्रतिष्ठानका रजिष्टार राजेश प्रशाईँले बताउनुभयो । यस विषयमा मुख्यमन्त्रीदेखि स्वास्थ्य र अर्थ मन्त्रालयसँग नियमित सम्पर्क तथा छलफल भैरहेको प्रतिष्ठानका रजिष्टार राजेश प्रशाईँले बताउनुभयो ।

नियमित तलब भत्ता समयमै पाउनुपर्ने, प्रतिष्ठान तथा शिक्षकरुको स्थायित्वको लागि सेवा आयोगको गठन हुनुपर्ने लगायत विभिन्न ७ बुद्ध माग राख्दै प्राध्यापक आन्दोलनमा उत्रिएका हुन् । प्राध्यापकको आन्दोलन कारण स्नातक तह प्रथम सेमेस्टरको प्रि–बोर्ड परिक्षा समेत रोकिएको छ । प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्याब विषयमा अध्यापन गराइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*