भुकम्प पिडितलाई राहत दिने सहित बागमती प्रदेश सरकारको विभिन्न ७ निर्णय
बागमती प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले जाजरकोट भुकम्प पिडितहरुका लागि १ करोड ५० लाख रुपैयाँ सहयोग दिने औपचारिक निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषदेको बैठकका निर्णय सार्वजनिक गर्दै बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले कर्णाली प्रदेश सरकारलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै बैठकले संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने, अधिकृत स्तर एघारौँ तहमा बढुवा नियुक्ति र पदस्थापन गर्ने, प्रदेश प्रमुखको कार्यालय सबलिकरण कार्यक्रम कार्यान्वयन गर्ने, उपसभामुखको अष्ट्रेलिया भ्रमणको लागि मनोनयन गरि सरकारी प्रवेश आज्ञा (भिसा) सिफारिस गर्ने, पर्यटन पूर्वाधार सन्चालन तथा व्वस्थापन कार्यविधि २०८० स्विकृत गर्ने र बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बैठक बसेको हो ।