जिल्ला प्रशासन कार्यालय मकवानपुरको चाडपर्व लक्षित अनुगमन

चिनी लुकाउने दुई सहित तीन ओटा खाद्य पसललाई १ लाख १० हजार जरिवाना
छहारी संवाददाता
कार्तिक २०, २०८०

जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्व लक्षित अनुगमनलाई निरन्तरता दिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाको स्कुल रोडमा रहेका ९ ओटा खाद्यान्न पसलहरुमा अनुगमन गरेको हो । प्रशासनले अनुगमनका क्रममा कमीकजोरी भेटीएका तीन ओटा पसलहरुलाई जरिवाना गरेको छ भने अन्यलाई सचेत गराएको छ।

उपभोग्य म्याद गुज्रिएको विभिन्न सामग्री रिप्याकेजिङ गर्ने र चिनीको कृतिम अभाव सिर्जना गर्ने हिरालाल साह कलवारको घरसंसार मार्टलाई ५०/५० हजार रुपैयाँ र चिनीको खरिद विल लुकाउने श्री ट्रेडर्सलाई १० हजार जरिवाना गरेको छ ।

अनुगमनमा उपभोक्ता हित संरक्षण मंचका केन्द्रिय उपाध्यक्ष वासु प्रसाद खतिवडा, जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी निरिक्षक विक्रम मगर, घरेलु तथा साना उद्योग कार्यालयका दिपक घिमिरे, उद्योग वाणिज्य संघ मकवानपुरका प्रतिनीधि सुजन सुवेदी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*