हेटौंडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन १ सय ६० करोड आवश्यकः महाप्रबन्धक पाण्डे
हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले गर या मरको अवस्थामा पुगेको भन्दै तत्काल उद्योगमा लगानी अत्यावश्यक भइसकेको बताउनु भएको छ ।
उहाँले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन १ सय ६० करोड आवश्यक पर्ने बताउनुभयो । पटकपटक उत्पादन बन्द हुने समस्या किन आइरहन्छ भन्ने प्रश्नमा उद्योगका महाप्रबन्धक पाण्डेले उद्योगमा रहेको सम्पूर्ण मेसिनहरु पुराना भएको बताउनुभयो । सरकारले तत्काल १ सय ६० करोड लगानी गरिदिए उद्योग पूर्ण रुपमा संचालन हुने उहाँको भनाई छ ।
महाप्रबन्धक पाण्डेले उत्पादित सिमेन्ट विक्रिवितरण नहुँदा समस्या भएको समेत बताउनु भएको छ । उद्योगको समस्याबारे संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको भन्दै उहाँले अनुदान उपलब्ध भए उद्योग पुनः सञ्चालनमा आउने बताउनुभयो ।
२०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४२ सालदेखि व्यवसायिक उत्पादन सुरु गरेको हो ।