हामिलाई दयामाया होइन हाम्रो उत्पादन किनेर सहयोग गरिदिनुहोस्ः मकवानपुर नेत्रहिन संघ

छहारी संवाददाता
कार्तिक १, २०८०

मकवानपुर नेत्रहिन संघले हामिलाई माया हैन हाम्रो उत्पादन किनेर सहयोग गरिदिनुहोुस् भन्ने नाराका साथ आफुहरुले उत्पादन गरेका अचार तथा मसला बिक्रि सुरु गरेको छ ।

केहि काम नगरी घरमै बस्दा मनमा अनेकन कुरा खेल्ने र नसर्ने रोगहरुबाट समेत ग्रसित हुन सक्ने भएकाले आफुहरु अचार बनाउन थालेको नेत्रहिन संघ मकवानपुरका अध्यक्ष केदार बजगाँईले बताउनु भयो ।

आफुहरुलेनै पैसाको जाहोगरी अचार बनाउने २ दिने तालिम लिए पश्चात अचार निर्माणको कामसुरु गरेको बजगाँईले बताउनु भयो । नेत्रहिन पनि आत्मनिर्भर हुन सकिन्छ भनेर आफुहरु आत्मनिर्भको बाटो खोजिरहेको उहाँको भनाई छ । सरकारले कच्चा पदार्थको ब्यवस्था गरिदिए आफुहरुले अझ धेरै प्रकारका अचार तथा मसलाको उत्पादन गर्न सक्ने उहाको भनाई छ ।

उहाले सपाङ्ग सरह आफुहरुले गर्न नसेपनि आत्म निर्भर हुन सकिने भन्दै आफुहरुलाई दयाभावले हेर्नु भन्दा आफुहरुले उत्पादन गरेको अचार किनेर सहयोग गरीदिन आग्रह गर्नु भयो ।

समावेशी लोकतन्त्रको सार्थकता हरेक क्षेत्रमा दृष्टिविहिनहरुको अनिवार्य सहभागिता लेखिएको ब्यानरका साथ दृष्टिविहिनहरु बुधबार बाट हेटौंडा नगरका गल्लि गल्लिमा आफनै उत्पादन अचार तथा मसला बेच्न थालेका हुन् । जसमा २५ जना मकवानपुरका नेत्रहिनहरु आबद्ध छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*