प्रहरी संगठनले समय सापेक्ष रुपान्तरण गर्दै सेवामा प्रगती गरोस्ः बागमती प्रदेशका मुख्यमन्त्री
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी संगठनले समय सापेक्ष रुपान्तरण गर्दै अझ सुदृढ र सेवामा प्रगती गरोस् भन्ने कामना गर्नु भएको छ ।
नेपाल प्रहरीको ६८ औं स्थापना दिवसको अवसरमा मंगलबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उहाँले शुभकामना दिनुभएको हो । सुरक्षाकर्मीहरुले शान्तिसुरक्षाको सवालमा सदा अग्रभागमा रहेर कर्तव्य निर्वाह गर्ने गरेको भन्दै उहाँले प्रहरीको कार्यको प्रसंशा गर्नुभयो ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको सभापतित्वमा भएको कार्यक्रममा उत्कृष्ट हुन सफल बागमती प्रदेशका ९ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।
प्रहरी निरिक्षक किरण राउत सर्वोकृष्ट प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्र उत्कृष्ट व्यवस्थापक, ईलाका प्रहरी कार्यालय सिंगटी, दोलखाका प्रहरी निरिक्षक विक्रम लामा उत्कृष्ट अनुसन्धानकर्ता, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक वसन्त आचार्य उत्कृष्ट ट्राफिक व्यवस्थापक, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरिक्षक किरण राउत सर्वोकृष्ट प्रदेश प्रहरी, बा.प्र.वि.व्य. गुल्म हेटौडा, हाल चितवनका प्रहरी सहयक हवल्दार सुमन रायमाझी उत्कृष्ट विपद व्यवस्थापक, बा.प्र.प्र.तालिम केन्द्र दुधौली, सिन्धुलीका प्रहरी जवान लक्ष्मी कुमारी थारू उत्कृष्ट वाह्य प्रशिक्षक, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा भौतिक पुर्वाधार शाखाका प्रहरी जवान सविन कुमार उत्कृष्ट प्राविधिक, बा.प्र.प्र. गण हेटौडाका प्रहरी कार्यालय सहयोगी सन्तोष राना मगर उत्कृष्ट प्रहरी कार्यालय सहयोगी पुरस्कृत हुनु भएको हो ।
यस्तै राक्सिराङ गाउँपालिका अध्यक्ष राज कुमार मल्ल, नेशनल गोल्ड टेलिभिजन हेटौडाका प्रवन्ध निर्देशक उज्जवल चौलागाई, टिम टेलिभिजनका प्रमुख रामशरण दुलाल लगायत समाजसेवी र संघसंस्थालाई कदर पत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथी आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा तामाङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रमुख सचिव घनश्याम उपाध्याय, हेटौडा उप–महानगरपालीकाका प्रमुख मिना कुमारी लामा, मध्य पृतना हेडक्वाटरका उप–रथि प्रदिप जंग के।सी।, राक्सिराङ गाउपालिका मकवानपुरका अध्यक्ष राज कुमार मल्ल लगायतको आतिथ्यता रहोके थियो ।
नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ ।