लगानीको सम्भावना खोजीका लागि छलफलमा आउन व्यवसायीलाई मुख्यमन्त्री आग्रह
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले लगानीको सम्भावना खोजीका लागि छलफलमा आउन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
बागमती प्रदेश उद्योग परिसंघको दोस्रो साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र र चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउन प्रदेश सरकारले सक्दो पहल गर्ने बताउनुभयो ।
प्रदेश सरकार नीतिगत रुपमा नै नयाँ ढंगले अगाडि बढ्न खोजेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले गर्न सक्ने काममा मात्र प्रदेश सरकार अग्रसर हुने बताउनुभयो ।
निर्वाहमुखी कृषि गरिरहेका कृषकहरुलाई व्यावसायिक करण गरेर लग्नु पर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिनुभयो । उद्योग परिसंघको दोस्रो साधारणसभा तथा अधिवेशनले लेखराज पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।