निजी अस्पतालहरुले आफ्नो बेड संख्याको १० प्रतिशत छुट्टाएर निशुल्क उपचार दिनुपर्छंः बागमती प्रदेशका स्वास्थमन्त्री जोशी

छहारी संवाददाता
अशोज २०, २०८०

बागमती प्रदेशका स्वास्थमन्त्री उत्तम जोशीले नेपाली जनताले गरिबीका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताउनु भएको छ ।

सिद्धस्थली ग्रामीण सामुदायिक अस्पतालको उद्घाटन समारोहमा बोल्दै उहाँले तिनै तहका सरकारी अस्पतालले गरिब, असहायको निशुल्क उपचार गर्नुपर्ने बताउनुभयो ।

उहाँले निजी अस्पताल, मेडिकल कलेजहरु र सामुदायिक अस्पतालहरुले आफ्नो बेड संख्याको १० प्रतिशत छुट्टाएर निशुल्क उपचार गर्नु पर्ने बताउनुभयो । र यो व्यवस्था कडाइका साथ लागू गर्न स्वास्थ्य क्षेत्रको टिम नै लागेको बताउनुभयो ।

हेटौडा ६ मा स्थापना भएको सिद्धस्थली ग्रामीण सामुदायिक अस्पतालले प्रारम्भमा १५ सैयाबाट सेवा सुरु गर्न लागेको हो । तिनै तहका सरकारको सहयोग प्राप्त भए छिट्टै नै यस अस्पताललाई ५० सैयाको बनाउने र मुटु रोग विशेषज्ञ सहितको उपचार सेवा सुरु गरिने सिद्धस्थली सामुदायिक अस्पतालका संस्थापक डाक्टर अबन गौतमले बताउनु भएको छ ।

उहाँले करीब ५ करोड लगानीमा निर्माण भएको अस्पतालमा डाईरेक्ट रिफिलबाट तीन करोड ६३ लाख प्रारम्भिक सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।

अस्पतालमा आफ्नै अक्सिजन प्लाण्ट, विद्युतका लागि सय केभीए बराबरको सोलार जडान गरिएको उहाँले बताउनुभयो । अस्पतालमा जनरल ओपीडि, कन्सल्टटेन्ट, दन्त सेवा, एक्सरे, अल्ट्रासाउण्ड, फार्मेसी, ल्याबका साथै इमरजेन्सि सेवाहरु रहने गौतमले बताउन भयो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*