चिकित्सा शिक्षा ऐन संशोधन हुनै पर्नेमा संघिय सरकारका स्वास्थ्यमन्त्री बस्नेतको जोड

छहारी संवाददाता
अशोज २०, २०८०

संघिय सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐनमै समस्या रहेको बताउनु भएको छ ।

शनिबार हेटौडा ६ मा स्थापना भएको सिद्धस्थली ग्रामीण सामुदायिक अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन हुनै पर्नेमा जोड दिनुभयो ।

ऐन संशोधन गर्ने कुरामा अप्ठ्याराहरु आउन सक्ने तर्फ इंगित गर्दै उहाँले जसरीपनि संशोधन गरिछाड्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रको नीतिगत सुधारका लागि प्रधानमन्त्री पनि सकारात्मक रहनु भएको उहाँको भनाइ छ ।

स्वास्थमन्त्री बस्नेतले सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताल स्थापना भएकोमा खुसी व्यक्त गर्दै अस्पताल संचालनका लागि केन्द्र सरकारले सहयोग गर्ने तर पहिले काम हेर्ने बताउनुभयो ।

हेटौडा ६ मा स्थापना भएको सिद्धस्थली ग्रामीण सामुदायिक अस्पतालले प्रारम्भमा १५ सैयाबाट सेवा सुरु गर्न लागेको हो । तिनै तहका सरकारको सहयोग प्राप्त भए छिट्टै नै यस अस्पताललाई ५० सैयाको बनाउने र मुटु रोग विशेषज्ञ सहितको उपचार सेवा सुरु गरिने सिद्धस्थली सामुदायिक अस्पतालका संस्थापक डाक्टर अबन गौतमले बताउनु भएको छ ।

उहाँले करीब ५ करोड लगानीमा निर्माण भएको अस्पतालमा डाईरेक्ट रिफिलबाट तीन करोड ६३ लाख प्रारम्भिक सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।

अस्पतालमा आफ्नै अक्सिजन प्लाण्ट, विद्युतका लागि सय केभीए बराबरको सोलार जडान गरिएको उहाँले बताउनुभयो । अस्पतालमा जनरल ओपीडि, कन्सल्टटेन्ट, दन्त सेवा, एक्सरे, अल्ट्रासाउण्ड, फार्मेसी, ल्याबका साथै इमरजेन्सि सेवाहरु रहने गौतमले बताउन भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*