एकीकृत समाजवादीको मेची–महाकाली जागरण अभियान टोली शुक्रबार हेटौंडा आइपुग्ने
नेकपा एकीकृत समाजवादीले सुरु गरेको मेची–महाकाली जागरण अभियान टोली शुक्रबार हेटौंडा आइपुग्ने भएको छ ।
एकीकृत समाजवादी मकवानपुरले बिहीबार पत्रकार सम्मेलन गरी जागरण अभियान टोली बिहान हेटौंडा आइपुगेर सिमाचोकमा कोणसभा गर्ने जानकारी दिएको हो । शुक्रबार बिहान १०ः३० बजेबाट सुरु हुने कोणसभालाई एकीकृत समाजवादीका शिर्ष नेताहरुले सम्बोधन गर्ने जिल्ला अध्यक्ष बिष्णु प्रसाद दाहालले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले मेचि–मकाली जागरण अभियानको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । कोणसभालाई केन्द्रिय अध्यक्ष माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतले सम्बोधन गर्ने अध्यक्ष दाहालले बताउनुभयो ।
असोज १४ गते पूर्वको काकडभिट्टाबाट सुरु भएको समाजवादी मेची–महाकाली जागरण अभियान असोज २९ गते सम्पन्न हुनेछ । जागरण अभियानटोली शुक्रबार नै चितवन जाने कार्यक्रम रहेको छ ।