जितपुरका मुसहर समुदायले पाए सुविधा सम्पन्न पक्की घर

छहारी संवाददाता
अशोज १२, २०८०

वर्षौंदेखि गरिबीको रेखामुनी रहेका जितपुरका मुसहर समुदायले सुविधा सम्पन्न पक्की घर पाएका छन् ।

भूमिहिन सुकुम्वासी तथा पिछडिएका जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौलका २० मुसहर परिवारलाई प्रभु सम्शेर जवरा तथा र राजी राणा परोपकार निजी गुठीले घर निर्माण गरि हस्तान्तरण गरेको छ ।

करीब ८ करोड निजी लगानीमा कुल तीन कठ्ठा १३ धुर जमिनमा २० वटा सुविधा सम्पन्न तीन कोठे घर निमार्ण गरी शुक्रबार मुसहर परिवारलाई हस्तान्तरण गरिएको हो ।

विपन्न परिवारलाई घर हस्तान्तरण गर्दै प्रभु सम्शेर जवरा तथा राजी राणा परोपकार निजी गुठीका अध्यक्ष राजी राणाले मुसहर समुदायलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले आफ्नो तर्फबाट विभिन्न सामाजिक कार्यहरुमा निरन्तर सहयोग रहने बताउनुभयो ।

सार्वजनिक स्थानमा टहरा बनाएर बसोबास गर्दै आएका मुसहरहरुले नयाँ घर पाउँदा खुसी व्यक्त गरे ।वर्षामा छाना चुहिने, डुवान हुने लगायतका समस्या भोग्दै आएका मुसहर, नयाँ घर पाउँदा निकै खुसी देखिन्थे।

२० मुसहर परिवारलाई गोला प्रथा विधिबाट घरको चाबी हस्तान्तरण गरिएको थियो । साथै उनिहरुलाई तत्काल खाद्यान्न व्यवस्थापनका लागि प्रत्येक परिवारलाई १० हजार नगद उपलब्ध गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*