आधिकारिक उसु महासंघमा भ्रम सृजना गरेको भन्दै महासंघको बिरोध

छहारी संवाददाता
अशोज १०, २०८०

निर्वाचन प्रक्रियामा भाग नलिएको व्यक्तीले उसु महासंघको अध्यक्ष दाबी गरेको प्रति नेपाल उसु महासंघले बिरोध जनाएको छ । कानुनि प्रक्रिया पुरा गरेर राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको जनक बर्तौला नेतृत्वको उसु महासंघ मात्र आधिकारिक भएको उसको दाबी छ ।

उसु महासंघका महासंघका महासचिव नवराज ढुंगानाले विज्ञप्ति जारी गर्दै भ्रम नफैलाउन आग्रह गर्नु भएको छ । उहाँले उसु खेलको नाममा भएको गलत क्रियाकलापप्रती महासंघको ध्यानाकर्षण भएको बताउनुभयो ।
साधारण सभा गरेर अर्को निर्वाचित कमिटी गठन गरी सकेपछि गत महिना एक समूहले पुरानो वीर बहादुर तामाङ अध्यक्ष रहेको भन्दै भ्रम सृजना गरेको उहाँको भनाई छ ।

पूर्व कमिटीको पधावदी सकिएपछी जनक बर्तौलाको संयोजकत्वमा तदर्थ समिति गठन गरेर ३ महिनापछी निर्वाचन गरिएको थियो । उक्त निर्वाचन प्रक्रियामा उपस्थित नभइकन गत महिना केही ब्यक्तीको स्वार्थ पुरा गर्नको लागी स्वघोषणा गरेको कमिटीले उसु खेलमा नै भ्रम सृजना गर्ने र खेलप्रती नकारात्मक प्रभाब पार्ने भएकोले नेपाल उसु महासंघले बिरोध जनाएको बताइएको छ ।

यस अघि नै तामाङ अध्यक्षतामा रहेको उसु महासंघले मनोमानी गरेको आरोप सहित उसु कर्मीले राष्ट्रिय खेलकुद परिषद्मा आवाज उठाए पछि २०७९ पुष ५ मा बर्तौलाको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको महासंघले जनाएको छ ।

२०७९ चैत ४ मा उक्त तदर्थ समितिले गरेको निर्वाचनले बर्तौला नै अध्यक्ष पदमा निर्वाचित गरेको थियो । निर्वाचनपछी निर्वाचित अध्यक्ष बिरुद्ध तामाङ समुहले उच्च अदालतमा मुद्धा समेत दायर गरेकोमा अदालतले उक्त मुद्धा निराधार भएको भन्दै खारेज गरेको बताइएको छ ।

यता निर्वाचनपछी नेपाल ओलम्पिक कमिटीले अध्यक्षलाई मान्यता दिनुपर्ने क्रममा बर्तौलाको अध्यक्षतामा रहेको नेपाल उसु ममहासंघलाई ओलम्पिकले वास्ता नगरेको र उक्त बिषयलाई आधार बनाउदै तामाङ समुहले आफुहरुलाई स्वघोषित कमिटी बनाउनाले भ्रम सृजना भएको भन्दै महासंघले बिरोध गरेको हो ।

अहिले चिनमा जारी एशियन खेलको लागि बर्तौला नेतृत्वमा चीनमा नैे प्रशिक्षण गराएर सहभागिता जनाउदा नेपालका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेको महासचिव ढुंगानाले जानकारी दिनुभयो । उहाँको अनुसार विजय सिञ्जालीले उत्कृष्ट प्रदर्शन गर्नुभएको छ भने अध्यक्ष बर्तौता सहितको खेलाडी टोली चिनमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*