हेटौंडामा सुविधा सम्पन्न डिलक्स युनिसेक्स सैलुन तथा पार्लर संचालन

नेपाली रुपैयाँ अन्य देश जानबाट रोक्न स्थानिय व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छः मउवा संघ उपाध्यक्ष चौलागाई
छहारी संवाददाता
अशोज ५, २०८०

बागमती प्रदेशको राजधानी हेटौंडामा सुविधा सम्पन्न डिलक्स युनिसेक्स सैलुन तथा पार्लर संचालनमा आएको छ ।

शुक्रवारबाट औपाचारिक रुपमा संचालनमा आएको सैलुन तथा पार्लरको मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय उज्जव चौंलागाई र प्रमोद सिंह रानाभाटले उद्घाटन गर्नुभयो । मउवा संघका उपाध्यक्ष चौलागाईले हेटौंडामा पहिलोपटक पारिवारिक माहोल दिने खालको सैलुन तथा पार्लर संचालनमा आएकोमा खुसी व्यक्त गर्दै व्यवसायीक सफलताको शुभकामना दिनुभएको छ ।

आर्थिक मन्दीले थिलथिलो भएको बजार चलायमान बनाउन व्यवसायीको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले व्यवसायीको हिम्मत बनिदिन मकवानपुरबासीलाई आग्रह गर्नुभयो । उहाँले नेपाली रुपैयाँ छिमेकी देश भारत जानबाट रोक्न पनि स्थानिय व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

मउवा संघका अर्का उपाध्यक्ष रानाभाटले एउटै छानामुनी सुलभ मुल्यमा सेवा सुविधा दिने गरी सैलुन तथा पार्लर खुलेकोमा धन्यवाद तथा बधाई दिनुभएको छ । अहिले मानिस स्वच्छता र स्वास्थ्यमा बढी केन्द्रित रहन थालेको भन्दै उहाँले संचालकलाई व्यवसायीक सफलताको शुभकामना दिनुभयो ।

हेटौंडा –४ स्थित नबिल बैंकको भुई तल्लामा संचालनमा आएको डिलक्स शैलुन तथा पार्लरमा एकपटकमा ८ जनाले सेवा लिन सक्ने संचालक हरि चौलागाईले जानकारी दिनुभएको छ । ६० लाख रुपैयाँ लगानी रहेको शैलुन तथा पार्ललमा १२ जनाले प्रत्येक्ष रुपमा रोजगारी पाएको अर्का सञ्चालक सुभद्रा हुमागाईंले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*