नेपालमा व्यापार घाटा बढ्नुमा खाद्यान्न र पेट्रोलियम पदार्थ आयात मुख्य कारणः मुख्यमन्त्री जम्मकट्टेल

छहारी संवाददाता
अशोज ५, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले अहिले नेपालमा सबैभन्दा धेरै व्यापार घाटा बढ्नुमा दुई मुख्य कारण रहेको बताउनु भएको छ ।

शुक्रबार बागमती प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिमको उद्घाटन गर्दै उहाँले धेरै भन्दा धेरै खाद्यान्न र पेट्रोलियम पदार्थ आयात गरेका कारण देशको व्यापार घाटा बढेको जिकिर गर्नुभयो । खाद्यान्नमा आत्मािर्भर बनाउन बागमती प्रदेश सरकारले निती पास गरेको जानकारी दिँदै मुख्यमन्त्री जम्कट्टेलले अब समुदायमा आधारित कृषि उत्पादनको मोडेलमा जानु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री जम्मकट्टेलले उत्पादन बृद्धीका लागि कृषि र पशु प्राविधिकहरुको महत्वपूर्ण भूमिका हुने भन्दै युवा र महिलाहरुलाई केन्द्रित गरी कृषि क्षेत्रमा तालिम र रोजगारी दिन्ने बताउनुभयो ।

बागमती प्रदेश युवा परिषद्ले हेटौंडामा आयोजनामा गरेको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले युवा स्वयंसेवकहरुले गरेको कामको प्रशंसा गर्नुभयो । स्वयंसेवकहरुको आफ्नो कुनै स्थायी कार्यालय नभएपनि स्थानीय तहसंगको समन्वयमा काम गरिरहेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवाहरुले आफ्ना क्षेत्रको कामलाई महत्व दिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

युवाहरुलाई राज्यले के दियो भन्दा पनि हामीले राज्यका लागि के दियौ भन्ने उदेश्यका साथ स्वयंसेवकहरुले काम गरेको उहाँको भनाई छ । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव भिष्मकुमार भुसाल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*