राजनितीक दिशा ठिक ढंगले अघि बढिरहेको छः मुख्यमन्त्री जम्मकट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजनितीक दिशा ठिक ढंगले अघि बढिरहेको बताउनु भएको छ ।
बुधबार संविधान दिवसको अवसरमा मुख्यमन्त्री कार्यालय हेटौंडामा आयोजित सभामा बोल्दै उहाँले नेपालको संघियताको आफ्नै विशेषता रहेकोले छिमेकी देश अथवा अन्य देशहरुसंग दाज्न नहुने बताउनु भयो । संविधानको अक्षरस पालना भइरहेको भन्दै मुख्यमन्त्री जम्मकट्टेलल यसको कार्यान्वयनको पक्ष ठिक ठाउँमा रहेको जिकिर गर्नुभयो ।
संविधान दिवस मुल समारोह समिति बागमती प्रदेशले आयोजना गरेको कार्यक्रम हेटौंडाको बुद्धचोकबाट प्रभातफेरी गर्दै मुख्यमन्त्री कार्यालय परिषरमा गएर सभामा परिणत भएको थियो । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी, बिभीन्न थरीथरीका झाकी सहित प्रभात फेरीमा सहभागि गराइएको थियो ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा प्रदेशका मन्त्री, सचिव, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता थियो ।