हेटौंडामा जलवायु जनमार्च आयोजनाः जलवायु परिवर्तनलाई गम्भिर रुपमा लिन युवाहरुको आग्रह

छहारी संवाददाता
भदौ ३०, २०८०

सरला अधिकारी/ जलवायु परिवर्तन, विश्वव्यापी समस्याका रुपमा देखिएको छ । नेपाल विश्वव्यापी जलवायु परिवर्तनको कारण चौथो उच्च जोखिम देशमा पर्दछ । यो ठूलो चिन्ताको विषय हो ।

शनिबार हेटौडामा जलवायु जनमार्च आयोजना गरी युवाहरुले यसलाई गम्भिर रुपमा लिएर सचेत हुने बेला आएको बताए । जलवायु परिवर्तनको विषय मानवअधिकारको विष बनिसकेकाले अब चुप लागेर बस्न नहुने जलवायु जनमार्च कार्यक्रममा सहभागी प्रसुस मैनालीको ठम्याइ छ ।

जलवायु परिवर्तनको प्रमुख कारण बनेको खनिज इन्धनको अन्त्य र स्वच्छ उर्जामा लगानी बढाउनका लागि दबाब दिने उदेश्यले युवाहरु सडकमा उत्रिएका छन् । युवाहरुले स्थानिय तह हुँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आवाज बुलन्द बनाउन थालेको वनविज्ञान अध्ययन संस्थान हेटौडा क्याम्पसंकी विद्यार्थी एलिसा मुल्मीको भनाई छ ।

जलवायु परिवर्तनले ल्याएको जटिलता न्युनिकरण नगरे पृथ्वी ध्वस्त हुने स्थीति आउनेछ । युवाहरु, यसलाई गहन छलफलको विषय बनाउन र यससंग संबन्धि कार्यक्रमहरुका लागि लगानी ल्याउन सरोकारवाला निकायलाई घच्घच्याइरहेको बताउनुहुन्छ, मकवानपुर साइक्लिङ संघका संगीत श्रेष्ठ ।

परिवर्तित जलवायुले निम्त्याउने जटिलता अन्त्यका लागि अब राज्यसत्तामा बसेकाहरुले बोल्ने मात्र होइन व्यवहारमा परिवर्तन गर्ने बेला आएको युवाको भनाई छ । नेतृत्व तहबाटै जलवायुजन्य चुनौतीलाई ध्यानमा राखेर जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुहुन्छ, हेटौडा उपमहानगरपालिका १ का युवा विकेशलाल श्रेष्ठ ।

भावी पुस्तालाई पहिलेको जस्तै सग्लो पृथ्वी हस्तान्तरण गर्नु पर्छ भन्ने उदेश्य राखेर, राज्यको तर्फबाट हुनुपर्ने काममा युवाहरु आफैं अग्रसर भएकोमा बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष संतोष चौलागाईले धन्यवाद दिनुभयो । कती अभियानहरु अधुरै रहने भन्दै उहाँले परिवर्तनका लागि अघि बढेका पाइला नरोक्न आग्रह गर्नुभयो ।
बेलैमा प्रकृतिको संरक्षण गर्न तर्फ नसोचे भावी पुस्ताले ठुलो क्षति व्यहोर्नु पर्नेछ । विश्वव्यापी समस्याका रुपमा रहेको जलवायु परिवर्तनले भविष्यमा चुनौतीको सामना गर्नु नपरोस् भन्ने उदेश्यले अहिलेबाट युवा जमात लागि परेको छ । कार्यक्रममा सहभागी भएर हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले युवाहरुको यो अभियानमा स्थानिय तहको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सतप्रतिशत नविकरण उर्जा आजको आवश्यक्ता भन्दै युवाहरुले जलवायु जनमार्च कार्यक्रम गरेको यो पहिलो भने होइन । सन् २०१४, सन् २०१५ र सन् २०२१ मा नेपालका विभिन्न जिल्लामा आवाज उठिरहेका छन् ।

शनिबार पनि हेटौंडा, काठमाडौं, विराटनगर लगायतका १० ओटा शहरमा यस विषयमा मार्चपासको आयोजना गरी सचेत गराइएको छ । यस्ता कार्यक्रमले वातावरण जोगाउने सवालमा महत्पूर्ण भूमिका निर्वाह गर्न संबन्धिन निकायलाई प्रेरित गर्ने युवाहरुको विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*