बागमती प्रदेशसभा भवन अगाडी चिकित्सक तथा स्वास्थकर्मीको धर्ना

चिकित्सकको आन्दोलनले अस्पतालमा सेवा लिन आउने बिरामी मर्कामा
छहारी संवाददाता
भदौ ३०, २०८०

चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कडा कार्वाहीको माग गर्दै हेटौंडा अस्पतालका चिकित्सक तथा स्वास्थकर्मी आन्दोलित छन् ।

सामुहिक राजिनामा दिएर आन्दोलन गरिरहेका उनीहरुले शनिबार बागमती प्रदेश सभा भवन अगाडी धर्ना दिए । प्रदेशसभा भवन अगाडी उभिएर उनिहरुले प्लेकार्डसहित प्रर्दशन गर्दै पेशागत सुरक्षाको माग गरेका छन् ।

७८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले राजीनामा दिएर आन्दोलनमा उत्रिदा अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरु भने मर्कामा परेका छन् । शुक्रबार बिहानैदेखि उनिहरुले अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरी आन्दोलनमा उत्रिदा हेटौंडा अस्पतालमा सेवा लिन दैनिक आउने करीब १५ सय बिरामी उपचारबाट बन्चित भएका छन् ।

हेटौंडा–१२ का प्रधानका आफन्तले बुधबार हेटौडा १ मा रहेको सन्चो अस्पताल भित्र प्रवेश गरी डा। प्रशान्त बिडारी र डा। विकास थापालाई कुटपिट गरेका थिए । घटनामा संलग्न देखिएका ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने नेपाल चिकित्सक संघले २ जनाविरुद्ध किटानी जाहेरी दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*