गणतन्त्र जोगाउने जिम्मा समाजवादी मोर्चाको काधमाः एकिकृत समाजवादी अध्यक्ष नेपाल

छहारी संवाददाता
भदौ २४, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले राजतन्त्र ढल्ने कुरामा तत्कालिन समयमा कसैले विश्वास नगरेको जिकिर गर्नु भएको छ ।

आइतबार हेटौंडामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उहाँले असम्भवलाई सम्भव गरेर देखाएको भन्दै आफुहरु राजतन्त्र ढाल्न सफल भएको ठोकुवा गर्नुभयो ।

अध्यक्ष नेपालले गणतन्त्र जोगाउने जिम्मा सामाजवादी मोर्चाको काधमा आएको भन्दै राष्ट्रियता र लोकतन्त्रको रक्षा मोर्चाले नै गर्नु पर्ने बताउनुभयो । संविधानको पूर्ण कार्यान्वयन, भ्रष्टाचार मुक्त समाज निर्माण, देशमा विकासको सुरुवात र राष्ट्रिय अखण्डताको पक्षमा मोर्चाले काम गर्ने अध्यक्ष नेपालको भनाई छ ।

यस्तै संविधानको पूर्ण कार्यान्वयनका लागि मोर्चाले काम गर्ने उहाँको भनाइ थियो । तर कार्यकर्तालाई उत्साहका साथ आआफ्नो स्थानबाट काम गर्न पनि उनले निर्देशन दिनु भएको थियो ।

अध्यक्ष नेपालले युवाहरु दिनानुदिन विदेशिइरहेको तितो यथार्थ सरकारको चुनौतीको रुपमा रहेको भन्दै मोर्चा र प्रधानमन्त्रीको ध्यान अब शिक्षित युवाहरुलाई रोजगारीसंग जोड्ने तर्फ रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*