चार दलिय समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड हेटौंडा आउँदै

छहारी संवाददाता
भदौ २४, २०८०

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हेटौंडा आउँदै हुनुहुन्छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार हुने चार दलिय समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड हेटौंडा आउन लाग्नु भएको हो । प्रधानमन्त्री प्रचण्डसंगै एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द लगायतले सभालाई सम्बोधन गर्नुहुनेछ ।

नेकपा एकीकृत समाजवादी, बागमती प्रदेश कमिटीकी अध्यक्ष सावित्रा भुसालले दिउँसो १२ बजेबाट सभा सुरु हुने जानकारी दिनुभयो । सभामा समाजवादी मोर्चाको अवधारणा बारे कार्यकर्तालाई प्रशिक्षण दिइने अध्यक्ष भुसालले बताउनुभयो । कार्यक्रममा समाजवादी मोर्चाको बागमती प्रदेश कमिटी समेत घोषणा गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*