गौ हत्याको विरोधमा राप्रपा मकवानपुरको हेटौंडामा विरोध प्रर्दशन
धरानमा भएको गौ हत्याको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले विरोध प्रर्दशन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार राप्रपा मकवानपुरले जिल्ला प्रशासन कार्यलय मकवानपुर अगाडी विरोध प्रदर्शन पछि ज्ञापनपत्र बुझाएको हो ।
विरोध कार्यक्रममा बेल्दै राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष सागर थापाले धरानमा भएको गौ हत्याले धार्मिक तथा सामाजिक सद्भाव भड्काउने कार्य गरेकोले विरोध पदर्शन गर्न बाध्य भएको बताउनुभयो ।
आफुहरुको विरोध जाति वा धर्मसंग सम्बन्धित नरहेको भन्दै उहाँले धार्मिक तथा सामाजिक सद्भाव भड्काउनेलाई कानुनी दायरामा ल्याउन प्रधानमन्त्रीसम्म आवाज पुर्याउने उदेश्यले प्रदर्शन गरिएको बताउनुभयो ।
राप्रपा मकपानपुरको ज्ञापनपत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईले धार्मक सहिष्णुता महत्वपूर्ण विषय भएकाले सबै नागरिक यसमा सम्बेदनशिल हुनु पर्ने बताउनुभयो । संविधानले प्रत्याभुत गरेको कानुनी मुल्य मान्यताको संरक्षण गर्न सबै क्षेत्र लाग्नुपर्ने उहाँको भनाई छ ।
राप्रपा मकपानपुरले केन्द्रिय निर्णय अनुसार ७७ ओटै जिल्लाका जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई दबाब दिने उदेश्यले विरोध प्रदर्शन तथा ज्ञापनपत्र बुझाएको बताएको छ । विरोध प्रदर्शनमा गौ हत्या बन्द गर, आमा काट्न पाईदैन, धर्म निरपेक्षता खारेज गर लगायतको नारा लगाइएको थियो ।
कार्यक्रममा राप्रपा हेटौंडाका नगर अध्यक्ष अरुण लामा, राप्रपा नेता, प्रतिनिधी सभा क्षेत्र नम्बर १ का अध्यक्ष सिताराम बर्तौला लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।