थाहा कला केन्द्र मकवानपुरले “थाहा फिल्म फेस्टिवल –२०२३” आयोजना गर्ने

छहारी संवाददाता
भदौ ९, २०८०

थाहा कला केन्द्र मकवानपुरले “थाहा फिल्म फेस्टिवल –२०२३” आयोजना गर्ने भएको छ । शनिवार पत्रकार सम्मेलन गरी केन्द्रले आगामी मंसिर ९ गतदेखि १५ गतेसम्म थाहा फिल्म फेस्टिवल आयोजना गर्ने जानकारी दिएको छ ।

थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्धेश्यले “पर्यटनका लागि फिल्म फेस्टिवल ” भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

फेस्टिवलमा विभिन्न समूहबाट आएका सामग्रीहरुको छनोट गरी छानिएका डकुमेन्ट्रि, फिचर फिल्म र सर्ट फिल्महरुको एक सातासम्म प्रदर्शनी गरिने थाहा कला केन्द्र मकवानपुरका अध्यक्ष सानुबाबु मोक्तानले बताउनुभयो ।

चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग लगायतको छायांकनको स्थल विकास तथा प्रचार गर्ने, थाहानगरपालिकाको मुख्य–मुख्य पर्यटकिय क्षेत्रहरुको पहिचान गरि फेस्टिबलमा आउने चलचित्रकमीहरु विच प्रचार गर्ने तथा दिग्गज कलाकारहरुलाइ थाहाको बारेमा जानकारी गराउने कार्यक्रमको मुख्य उदेश्य रहेको कार्यक्रम संयोजक राजिव कुमार स्याङतानले जानकारी दिनुभयो ।

कार्यक्रम अवधिभर चलचित्र, लघु चलचित्र, म्युजिक भिडियाको निर्माता, निर्देशक तथा निर्माण समूहसंग विषेश अन्तरक्रिया समेत गरिने आयोजकले जनाएको छ ।

फिल्म फेस्टिवल सम्पन्न गर्न कुल २७ लाख रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ । थाह नगरपालिका र संस्कृृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशको प्रत्यक्ष सहभागितामा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*