हेटौंडालाई बागमती प्रदेशको राजधानी बनाउन हाम्रो पनि योगदान छ: कांग्रेस सहमाहनमन्त्री डिना

छहारी संवाददाता
भदौ ७, २०८०

नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले हेटौंडालाई बागमती प्रदेशको राजधानी बनाउन आफुहरुको ठुलो योगदान रहेको दाबी गर्नुभएको छ ।

सांसद लक्ष्मी देवी श्रेष्ठको सचिवालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बिरोधका बिच मकवानपुरको हितका लागी हेटौँडालाई प्रदेश राजधानी बनाउन आफु लागेको ठोकुवा गर्नुभयो ।

जनताको अथाह सहयोग आफुलाई आजपनि मिलिरहेको भन्दै उहाँले मकवानपुरको विकासका लागि मन्त्रीहरुको प्रतिवद्धता आउनु गौरवको विषय भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*