हेटौंडा–६ मा निःशुल्क मृगौलाको अवस्था परीक्षण अभियान सुरु

छहारी संवाददाता
चैत्र १३, २०७९

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा निःशुल्क मृगौलाको अवस्था परीक्षण अभियान सुरु गरिएको छ । जनता स्वास्थ्य घरदैलो कार्यक्रम अन्तर्गत हेटौंडामा नै पहिलो पटक ३० वर्ष माथिका नागरिकको मृगौलाको अवस्था जाँच सुरु गरिएको हो ।

अभियानको ६ नं वडा अध्यक्ष विष्णु बहादुर दाहालले उद्घाटन गर्नुभयो । पहिलो दिनको घरदैलो अभियानमा ३ सय १२ जनाले मृगौला जाँच गराएको स्वास्थ्य चौकी चौघडाका इन्चार्ज टिएन ढुङ्गेलले जानकारी दिनुभयो । पिशाब मार्फत मृगौलाको कार्य अवस्थाको परीक्षण गरिएको हो ।

पहिलो दिनको कार्यक्रम कृष्ण प्रणामी मन्दिर हेटौंडा—६ गौरीटार, वंश गोपाल क्लब र शान्तीटोल प्रतिक्षालयमा राखिएको थियो । अभियान अन्तर्गत वडावासीहरुले मंगलबार समाज युवा क्लब हात्तिलेट र समाज कल्याण भवन कल्याणटारमा निःशुल्क मृगौलाको कार्यअवस्थाको परिक्षण गर्न सक्ने छन् । वडा कार्यालयको आर्थिक व्यवस्थापनमा जारी अभियान चैत्र १६ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*