बागमती प्रदेशका मुख्यमन्त्रीलाई दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त

छहारी संवाददाता
चैत्र १०, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टलले दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकमा ६७ मत सहित जम्कट्टेलले विश्वासको मत पाउनुभएको हो ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने विपक्षमा १७ मत परेको थियो । तटस्थ ७ मत परेको थियो । मतदानमा ९१ सदस्य सहभागी थिए। मुख्यमन्त्रीलाई नेपाली कांग्रेसका, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र नेपाली हाम्रो नेपाली पार्टीका सांसदले मत दिए ।

नेकपा एमाले, राप्रपा र नेमकिपाका सांसदले विपक्षमा मतदान गरेका छन्। ७ मत तटस्थ रह्यो । गत फागुन १३ गते सत्ता साझेदार दल राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुरुप मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*