कर्मचारी सम्बन्धी दुईवटा अध्यादेशको प्रतिस्थापन विधेयक सर्वसम्मतिले पारित

छहारी संवाददाता
फाल्गुन १५, २०७९

बागमती प्रदेश सभाले कर्मचारी सम्बन्धी दुईवटा अध्यादेशको प्रतिस्थापन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

आइतबार बेलुका बसेको प्रदेशसभाको दोस्रो बैठकले प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकहरु पारित गरेको हो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठकमा निर्णयार्थ पेश गरेको दुई वटै अध्यादेशको प्रतिस्थापन विधेयकहरुलाई पारित गरियोस् भन्ने प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रमाणीकरण भएपछि यी विधेयक ऐनको रुप लिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*