बागमती प्रदेशमा राप्रपाका मन्त्रीहरुले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

छहारी संवाददाता
फाल्गुन १३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् । शनिबार बेलुकी मुख्यमन्त्री निवास पुगेर राप्रपाका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाएका हुन् ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री उद्धब थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर र उद्योग वन तथा वातावरण मन्त्री राजु विष्ट तामाङले राजीनामा बुझाउनु भएको हो ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसंगै राप्रपाका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*