बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालयका आगामी दिनका प्राथमिकता सार्वजनिक 

छहारी संवाददाता
फाल्गुन ११, २०७९

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले मन्त्रालयका आगामी दिनका प्राथमिकताहरु सार्वजनीक गर्नुभएको छ । मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्रालयको तर्फबाट दिने सुधारका पहल सहितका प्राथमिकताहरु सार्बजनिक गर्नुभएको हो ।

मन्त्रालयको कार्यक्षेत्रभित्र परेका श्रम, रोजगार तथा यातायात क्षेत्रका समस्या चूनौती तथा अवसरलाई विश्लेषण गर्दै समग्र क्षेत्रको सुधारका लागि आफू लाग्ने मन्त्री श्रेष्ठाको प्रतिबद्धता थियो । श्रम, रोजगार र यातायात व्यवस्थापन क्षेत्रका प्राथमिकतालाई ३४ बुँदेमा राखी कार्यान्वयनमा ल्याइने मन्त्री श्रेष्ठले बताउनुभयो ।

श्रम कार्यालय स्थापना अध्ययन गर्ने र चालू आर्थिक वर्षमा नै श्रम डेस्क स्थापना गर्नेआप्रवासी सूचना केन्द्र विस्तार गर्ने, १० हजार युवालाई सीपमूलक विकास तथा व्यवसायिक तालिम सन्चालन, २ वटा थप तालिम केन्द्र स्थापना गर्ने लगायतका श्रम क्षेत्रका प्राथमिकता रहेका छन् ।

त्यस्तै, यातायात व्यवस्थापन क्षेत्रमा दोलखा वा सिन्धुपाल्चोकमा एउटा र धादिङमा थप एउटा यातायात कार्यालय स्थापना गर्ने, वातावरणमैत्री सवारी साधनलाई प्रोत्साहन गर्ने, सवारी दर्ता अभिलेखलाई डिजिटाइज्ड गर्ने, र सेवाग्राहीलाई अनलाईनमार्फत जोड्ने कार्यलाई अगाडी बढाउने प्रदेश सरकारको लक्ष्य छ यातायात व्यवस्था कार्यालय र ट्रायल सेन्टर काठमाडौं, हेटौंडा र भरतपुरमा आफ्नै भवन सन्चालन गर्ने, पठाओ, टुटल, इनड्राइभ लगायतका अनलाईन सवारीलाई कानुनी दायरामा ल्याउने मन्त्री श्रेष्ठले योजना बनाउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*