बागमती प्रदेशसभा बैठक बुधबार बस्दै

छहारी संवाददाता
फाल्गुन ९, २०७९

बागमती प्रदेशसभा बैठक बुधबार बस्दैछ । प्रदेशसभा सचिवालयले सोमबार सूचना जारी गर्दै प्रदेशसभा बैठक भोलीका लागि आह्वान गरेको हो ।

दिउँसो २ बजे पछि बस्ने बैठकमा प्रदेश सरकारले जारी गरेको अध्यादेशहरुको प्रतिस्थापन विधेयकहरू पेश हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

बैठकमा निजामती कर्मचारीसँग सम्बन्धी २ वटा अध्यादेशको प्रतिस्थापन विधेयक पेश गरिनेछ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई जगाउन बनेको विधेयक पनि संसदमा पेश गरिनेछ ।

यसअघि राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेश जारी गरेको थियो । सो अध्यादेशले हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अलग गर्ने तयारी गरेपछि एमालेले विरोध गरेको थियो । उक्त अध्यादेशलाई निष्क्रिय पार्न वर्तमान सरकारले विधेयक ल्याएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*