मकवानपुर गोल्डकप २०७९ः फाइनल प्रवेशका लागि सोमबार हिमालयन र एफसी भिड्ने

छहारी संवाददाता
फाल्गुन ८, २०७९

स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको फाइनल प्रवेशका लागि सोमबार हिमालयन शेर्पा र क्यामरूनी टोली एभिनियर एफसी भिड्दैछन् ।

हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा दिउँसो ३ बजेपछि हुने दोस्रो सेमिफाइनल विजेताले मनाङ मर्स्याङ्दीसंगको फाइनल भिडन्त पक्का गर्नेछ । आइतबार भएको पहिलो सेमिफाइलनमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै मनाङ फाइनलमा प्रवेश गरेको हो ।

फाइनल खेल फागुन १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

माघ २८ गतेदेखि जारी प्रतियोगितामा १२ क्लबको सहभागिता छ । प्रतियोगितामा फ्रेण्डस् क्लब, हिमालयन शेर्पा क्लब, सर्लाहीको बागमती युवा क्लब, एनआरटी फुटबल क्लब, विरगंज युनाइटेड, एमिनियर एफ।सि, मनाङ मस्र्याङ्दी क्लब, नव जनजागृति युवा क्लब, मकवानपुर ११, सातदोबाटो क्लब, नेपाल ए पि एफ क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिष्पर्धा गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*