मकवानपुर गोल्डकप २०७९ः मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश

छहारी संवाददाता
फाल्गुन ७, २०७९

मनाङ मर्स्याङ्दी क्लब स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइलनमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै मनाङ फाइनलमा प्रवेश गरेको हो ।

मनाङलाइ जिताउन सरोज योञ्जन, विसन गुरुङ, सैजामोल हेडविनसन र आशिष गुरुङले गोल गरेका थिए । पराजित सशस्त्रको तर्फबाट नवीन लामा र सुदिप सिख्रकारले मात्र गोल गरे । आजको खेलको म्यान अफ दी म्याच गोलरक्षक दीप कार्की घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

दोस्रो सेमिफाइनल खेल सोमबार हिमालयन शेर्पा र क्यामरूनी टोली एभिनियर एफसी बीच हुनेछ । मनाङले फाइनलमा हिमालयन शेर्पा र एभिनियर एफसी क्यामरुनवीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*